काठमाडौँ — राजाको श्रीपेच झिकेर लगाउन खोज्ने एक युवक पक्राउ परेका छन् ।

नारायणहिटी दरबार संग्रहालय अवलोकनमा गएका रुकुम मुसिकोट नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल काठमाडौंको म्हेपीमा बस्जे २५ वर्षीय खिमबहादुर घर्ती पक्राउ परेका हुन् । शुक्रबार संग्रहालय अवलोकन गर्न गएका उनी सोकेस फुटाएर श्रीपेच झिक्न खोजेका थिए ।

नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिले उनले रुपन्देही कक्षमा रहेको ३ फिट लम्बाइ र २ फिट चौडाइ भएको सोकेसमा रहेको श्रीपेच झिक्न खोजेका थिए । उनले उक्त संग्रहालयको कक्षमा रहेको खुकुरी निकालेर सोकेस फुटाउन खोजेका थिए ।

तर सुरक्षामा बसेका नेपाली सेनाका सुरक्षा गार्डले नियन्त्रण लिई घर्तीलाई दरबारमार्गको प्रहरी वृत्तमा बुझाएका थिए ।

उक्त कक्षमा खुकुरी र अन्य सामग्रीसहित सोकेसमा नेपालका राजाहरूले लगाएको श्रीपेच राखिएको छ । पक्राउ परेका व्यक्तिको मानसिक अवस्था ठीक नभएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल