नुवाकोट–नेपाली काग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबारदेखि गाउ“–नगर अधिवेशसन सुरु भएको छ । किस्पाङ र लिखुगाउ“पालिकामा सभापतिमा सर्वसहत भई किस्पाङमा रणबहादुर तामाङ र लिखुमा विनोद पाठक सभापतिमा चयन भएका छन् भने अन्य पदाधिकारीमा सहमति जुटाउने प्रयास भैरहेको नेपाली काग्रेस जिल्ला निर्वाचन समिति नुवाकोटले जनाएको छ ।
अन्य गाउ“पालिका र नगरमा अधिवेशसन जारी छ । त्यसैगरी नुवाकोटको बेलकोटगढी र विदुर गरी दुई नगरपालिका छन् भने बा“की १० गाउ“पालिका छन् ।
नुवाकोटमा ८८ वटा छन् । ८७ वडामा वडा अधिवेसन भैसकेको छ भने बेलकोटगढीनगरपालिका ४ मा विवादका कारण वडा अधिवेशन हुन सकेको छैन ।
देशभरमा कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !