काठमाडौँ–संघीय राजधानी काठमाडौमा मनाइने इन्द्रजात्राको समापनमा १४ वर्षपछि पूर्वराजा ज्ञानेन्द्र शाह देखिएका छन् ।

राजा शाहले जीवित कुमारीको हातबाट प्रशाद र टीका ग्रहण गरेका थिए । इन्द्रजात्राको समापन शुक्रबार राति सकिएको छ ।

काठमाडौँको हनुमान ढोकामा इन्द्रध्वजा ठड्याएर सुरु गरिएको जात्राको ध्वजालाई टेकुमा सेलाउने परम्परा रहेको छ ।

शुक्रबार राति १० बजेर ३६ बजेको साइतमा इन्द्रध्वजा ढालेर इन्द्रजात्रा समापन गरिएको हो । राति अबेर पूर्वराजा ज्ञानेन्द्र शाह कुमारीघर पुगेर कुमारीको हातबाट प्रशाद टीका लगाएका थिए । यसअघि पूर्वराजाकातर्फबाट इन्द्रजात्राको पूजा हुने गरेको थियो ।

राति अबेर पूर्वराजा शाह वसन्तपुर दरबार क्षेत्र पुग्दा हजारौ स्थानीयवासिन्दाले स्वागत गर्दै राजा आउ देश बचाउका नारा लगाएका थिए ।

इन्द्रध्वजाको रथ महिलाहरुले तानेका थिए ।

इन्द्रजात्रा सकिनु अघि राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अन्तिम दिन वसन्तपुर क्षेत्रमा रहेको कुमारीघरमा पुगी जीवित कुमारीको पूजाअर्चना गरेकी थिइन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल