काठमाडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महँगी नियन्त्रण र एमसीसी खारेज गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिएको छ ।

बुधबार राप्रपाले काठमाडौका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएको हो ।

ज्ञापनपत्र दिनु अघि राप्रपाले जनप्रदर्शन गर्दै विरोध प्रदर्शन गरेको थियो । संघीय राजधानी काठमाडौँस्थित बबरमहलमा राप्रपाले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरुले बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर, राष्ट्रघाती एमसीसी खारेज गर’ जस्ता नारा लगाएका थिए ।

एमसीसी सम्झौता एकपक्षीय र राष्ट्र हित विपरीत रहेको भन्दै उक्त सम्झौता कार्यान्वयन नगर्न राप्रपाले माग गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल