नुवाकोट– वागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गुटको राजनीतिबाट माथि उठ्नुपर्ने बताइएकी छिन् ।
नुवाकोट वट्टारस्थित कभर्डहलमा वुधवार आयोजित एमाले कार्यकर्ता भेलाको उद्घाटन गर्दै एमाले उपाध्यक्षसमेत रहेकी मुख्यमन्त्री शाक्यले आफु सदैव पार्टी एकताको पक्षमा रहेको दावी गरिन् । उनले राजनीतिमा पद भन्दा पार्टी ठूलो भएकाले पार्टीवाटै जनताको सेवा गर्ने वताइन् ।
पार्टी भित्र बेमेल भए रहेपनि पार्टी फुटको विपक्षमा आफू रहेको बताइन् । उनले नुवाकोटमा पार्टी फुटको असर ज्यादै न्यून परेकोले आगामी दिनमा एमालेको संगठन अझै बलियो हुने बताइन् ।
मुख्यमन्त्री शाक्यले स्थानीय तहको निर्वाचन नजिकिदै गरेकोले सबै नेता कार्यकर्ताले जिम्मेवार ढंगले सक्रिय हुन आग्रह गरिन् ।
कार्यक्रममा बागमती प्रदेशका पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे, नुवाकोटका उपाध्यक्ष तथा वागमति प्रदेश भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले लगायतले एमाले एकढिक्का भए अघि बढिरहेकोले बताए ।
तत्कालिन एमालेका नेता माधवकुमार नेपाल समूहमा रहेका नेताहरु मुल पार्टी एमालेमै फर्किएपछि नुवाकोटमा पहिलो पटक जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला भएको हो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !