काठमाडौँ– संघीय राजधानीको जिल्ला प्रशासन कार्यालय काठमाडौँले फेरी कोभिड १९ को जोखिम देखाउदै अनावश्यक रुपमा घरबाहिर ननिस्कन, भीडभाड, जुलुस, सभा, जात्रा, भोज तथा महोत्सव गर्न रोक लगाएको छ ।


काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा बिहीबार जारी आदेशमा विहिबार १४ गते राति १२ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्म सभा, जुलुस, जात्रा, महोत्सव तथा भोज गर्न नपाइने उल्लेख छ ।


स्थानीय प्रशासनले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै अनिवार्य मास्क प्रयोग गर्न, दूरी कायम गर्न तथा घरभित्रै रहेर न्यूनतम सहभागितामा संकेतिक रुपमा चाडपर्व मनाउन भनेको छ । त्यसैगरी सार्वजनिक यातायातमा निर्धारित सिट संख्या भन्दा बढी यात्रु नचढाउन र मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न स्थानीय प्रशासनको आग्रह छ । आदेश पालना नभए कानुन बमोजिम कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल