काठमाडौं– दशैका लागि रसुवागढीनाकाबाट भेडाच्याङग्रा नेपाल भित्र्न थालेका छन् ।

दशै नजिक आएसंगै चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाकाबाट भेडाच्याङग्रा आयात हुन थालेको हो ।

बिहीबार चीनबाट १ सय ७० वटा भेडाच्याङग्रा चीनको अन्तर्राष्ट्रिय नाका रेसुओपोर्टबाट नेपाल भित्रिएको व्यापारीले जनाएका छन् ।

माग गरे अनुसार भेडाच्याङग्रा चीनको स्वशासित क्षेत्र तिव्वतका व्यपारीले दिन नसकेको नेपाली व्यपारीहरु बताउछन् ।

कोभिड १९ पछि चीनले आफ्नो भूभागमा नेपालीलाई सहजपहु“च दिएको छैन । त्यसै कारणले पनि उत्तरीनाकाबाट भेडाच्याङग्रा आयात हुने अवस्था एकदम कम रहेको छ । गतवर्षको तुलनामा थोरै भेडाच्याङग्राको बढी मुल्य परेपछि मंहगो पर्ने व्यापारीहरु बताउछन् ।

यो वर्ष चीनमै ३ हजारदेखि ३ हजार ५ सयसम्म बढी मूल्य परेको नेपाली व्यापारी बताउछन् । नेपाल आयात भएका भेडाच्याङग्रा प्रतिगोटा २८ देखि ३३ हजारसम्म पर्ने बताइएको छ ।

लामो समयदेखि रसुवागढी नाका आयात हुँदै आएको भेडाच्याङग्रा पछिल्लो समय ह्रास आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल