कोरोनाको संक्रमण कम भएसंगै नुवाकोटको ऐतिहासिकस्थल तथा पुरानो सदरमुकाम नुवाकोट डा“डामा अवस्थित छ ऐतिहासिक शक्तिपीठ भैरवी मन्दिर ।
यो मन्दिर लिच्चवीकालीन भएको स्थानीय बुढापाकाको भनाई छ भने मल्लकालमा जीर्णोव्दार भएको ऐतिहासिक प्रमाण र किवदन्ती छन् ।
२०७२ साल बैशाख १२ गते आएको भूकम्पले यो मन्दिरको दक्षिणपूर्वीभाग क्षति पुग्यो । पुरातत्व विभागले बल्लतल्ल पुननिर्माण गरायो ।
तर पुरानै शैलीमा ल्याउने कोसिश भएपनि ढांचामा भने ल्याउन सकेको छैन । भुकम्पले क्ष्ँति पुर्याएपनि काष्ठकलाका अनुपम नमूना यस मन्दिरमा पाइन्छ ।
संघीय राजधानी काठमाडौबाट ७६ किलोमिटरको दूरी उत्तरीक्षेत्रमा यो मन्दिर रहेको छ ।
समुद्रीसतह ११ सय मिटर उचाईमा अवस्थित यो मन्दिर नुवाकोटको ऐतिहासिक धरोहर हो ।
यहा बैशाख शुक्ल पूर्णिमामा यहा र देवीघाटस्थित जालपादेवी मन्दिरमा भव्य मेला लाग्छ भन्े वडादशैं, माघेसंक्रान्ति पनि विषेश मेला लाग्छ ।
गोरखाली राजा पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको नौतल्ले दरबार हाल साततल्ले दरबारभन्दा दक्षिणमा यो मन्दिर रहेको छ ।
नुवाकोट विजयी गर्नुअघि राजा पृथ्वीनारायण शाहलाई भैरवीदेवीले सपनामा आएर मेरो सेवा गरी पूजा गरेमा नुवाकोट विजयी हुने बताएपछि राजाले गोप्यरुपमा भैरवीको आराधना गरी पूजा गर्न लगाएपछि नुवाकोट चढाई भएको किवदन्ती अद्यपी रहिआएको छ ।
नेपाल एकिकरणको सुरुवात यीनै भैरवीबाट भएकाले राजामहाराजहरु शक्तिमाग्न आउछन् ।
त्यतिमात्र नभई १८४९ मा तिव्वत, चीन र नेपाल बीच बेत्रावतीमा युद्ध हुंदा तत्कालीन शासकले यीनै भैरवीको आराधना गरी नेपाललाई विजयी गराई देश बचाएको किवदन्ती हराएको छैन ।
प्रचारको कमीले ओझेल परेको यो ऐतिहासिक शक्तिपीठ राजामहाराज, राज्यशक्तिमा आस्रित उच्चतहका पदाधिकारीहरु भैरवीसंग शक्ति र मनोकाक्षा पूरा हुने विश्वासले आउने गर्छन् । यतिबेला मौसम खुल्न थालेको छ ।
भैरवी मन्दिरबाट उत्तरतर्फ कालिका र मालिका मन्दिर, थोरै गणेश हिमाल, पूर्वतर्फ तादी तथा लिखुखोला वरिपरिका फांट, कपिलेश्वरमहादेव र जालपादेवी डांडो, चौघडाफांट, राहुचेली उच्चहिमालीभेग देखिन्छ ।
त्यसैगरी दक्षिणमा बासुकी फाट, पिपलटार, बट्टार र नागबेली परेर बगेको त्रिशूली नदी, पश्चिममा ढिकीजांतो डांडो, सामरी भन्ज्यांङ, खिन्चेत, मेगाङ र किस्पाङ हरियाली फांट र डाडाकाडा देखिन्छन् ।
नुवाकोट मात्र नभई धादिङमा पनि भैरवी मन्दिर रहेको छ । धादिङ बजारबाट करिब १८ किलोमिटरको दुरीमा रहेको भैरवी मन्दिर रहेको छ ।
यहा पनि प्रचारको अभावका चर्चामा आउन सकेको छैन । समुन्द्रसतहदेखि १५ सय मिटरको उचाइमा रहेको यो मन्दिर क्षेत्र रहेको छ ।
यहाँबाट उत्तरतर्फ मनमोहक हिमालहरू लाङटाङ, गणेश, मानापाथी, घोडाघोडी लगायतका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । एकातिर धार्मिक महत्त्व र अर्कोतिर यहाँबाट मनोरम प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिने यहा स्थानीय वताउछन् ।
भूकम्पले भत्किएर जीर्ण बनेको यो मन्दिर पुननिर्माण भैरहेको छ । दसैँ, माघे संक्रान्ति र राम नवमीका अवसरमा मेला लाग्छ । नीलकण्ठ नगरपालिका–६ मा रहेको यो मन्दिर धादिङ बजारबाट पूर्वतर्फ पर्दछ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !