नुवाकोट — नुवाकोट र रसुवा जिल्लामा आइतबारबाट पासाङ ल्हामु, केरुङ, टिमुरे, माइक्रोबस व्यवसायीहरुले सार्वजनिक सवारीको भाडा नबढाएको भन्दै लामो र छोटो दूरीका सवारी बन्द गराएका छन् ।

दुई दिनदेखि जिल्लाभित्र र बाहिर चल्ने सार्वजनिक यातायातका साधन बन्द भएपछि यात्रुहरू मर्कामा परेका छन् । दसैं नजिकिँदै जाँदा सार्वजनिक यातायात बन्द भएपछि काठमाडौंबाट नुवाकोट र रसुवा घर जाने यात्रुहरू मर्कामा परेका हुन् । त्यसैगरी गाउँबाट बजारमा किनमेल गर्न जाने स्थानीयलाई समस्या भएको छ ।

नुवाकोट कोल्पुटारहुदै गल्छी–काठमाडौं, छहरे–टोखा र त्रिशूली–बालाजु सडक खण्डमा सञ्चालित सार्वजनिक बस बन्द छ । संघीय सरकारले राष्ट्रियस्तरमा अन्तरप्रदेश चल्ने सवारीको भाडा गत असारमा बढाए पनि छोटो दूरीमा चल्ने सवारीको हकमा भाडा वृद्धि नगरेपछि बाध्य भएर यातायातका साधन बन्द गरिएको पासाङ ल्हामु बस व्यवसायी समितिका अध्यक्ष कुलबहादुर खड्गीले बताए ।

भाडा समायोजनका लागि पटक–पटक सबै तहमा गुनासो गर्दा समेत सुनुवाई नभएपछि विरोधमा उत्रनु परेको अध्यक्ष खड्गीको भनाई छ । कानुन अनुसार छोटो रूटहरुमा चल्ने सार्वजनिक सवारीको भाडा समायोजनको अधिकार सम्बन्धित प्रदेश र स्थानीय तहहरूलाई दिएको छ । पुरानै भाडादरमा सवारी सञ्चालन गर्दा व्यवसाय धान्न गारो परेको व्यवसायीहरु बताउछन् ।

दशैको मुखमा सवारी संचालन गर्न नुवाकोट स्थानीय प्रशासनले पहल गरेको जनाएपनि व्यवसायीसंग खासै चासो नदिएको बताइएको छ । नुवाकोट र रसुवामा सानाठूला गरी साढे ५ सयभन्दा बढी सार्वजनिक सवारी साधन छन् ।

नुवाकोटको पूर्वी भेगका स्थानीय दसैंका लागि किनबेल गर्न बस कै यात्रा गरेर आँप्र, ढिकुरे, बट्टारबजार र त्रिशूली पुग्छन् । पश्चिम भेगका त्रिशूली, देवीघाट, बट्टारबजार आउँछन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल