काठमाडौँ — लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका १७ र १८ स्थित निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमणको विषयमा झडप हुंदा चार जनाको मृत्यु भएको छ ।

आइतबार भएको घटनामा दुई दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन् । युनिभर्सल कलेज अफ मेडिकल साइनसेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । ३ जनाको अस्पताल ल्याउँदा बाटोमा र एक जनाको उपचारको क्रममा मृत्युभएको हो ।

अन्यको उपचार भैराखेको छ । प्रहरी अनुसार झडपमा परेर मृत्यु भएकाको पहिचान खुल्न सकेको छैन । ४ जनाको शव भैरहवा मेडिकल कलेजको अस्पताल रहेको बताइएको छ ।

झडपमा सुरक्षाकर्मीसहित जग्गा कब्जा गर्नेहरु स्थानीय र सुरक्षाकर्मी घाइते भएपछि प्रमुख जिल्लाअधिकारी ऋषिराम तिवारी र प्रहरी प्रमुख मनोज केसी पत्रकारको सम्पर्कमा नआएर बसेका छन् ।

स्थिति काबुभन्दा बाहिर गएपछि मोतीपुरमा कफ्र्यु लगाइएको छ ।

गएको चैतमा उक्त जग्गामा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध जनाएका थिए ।

२ सय बिघा जग्गामा घरवारविहिन स्थानीयले कब्जा गर्ने प्रयास गरिरहेका थिए । २०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो ।

बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सर्वदलीय सहमति भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल