नुवाकोट–किस्पाङगाउ“पालिका वडा नम्बर ५ स्थित कार्कीमनकामनाको भुमेस्थानमा बस दुर्घटना हु“दा एक जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा किस्पाङगाउ“पालिका वडा नम्बर १ का ३३ वर्षिय रमेश तामाङ रहेका छन् । उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताए । उनलाई कैलाश एयरको हेलिकोप्टरबाट उपचारका लागि ग्राण्डी लगिएको थियो ।
प्रहरीका अनुसार जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि ४ जनालाई हेलिकोप्टर र ६ जनालाई एम्बुलेन्सबाट गरी १० जना उपचारका लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।
८ जना जिल्ला अस्पताल त्रिशूलीमा उपचार भैरहेकोमा र साँझ ३४ जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ । सोमबार बिहान किस्पाङगाउँगाउपालिका वडा नम्बर १ भाल्चे हु“दै काठमाडौं जादै गरेको बा ४ ख ५७६२ नम्बरको बस दुर्घटनामा परेको थियो ।
बसमा ५२ जना भन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ । बस सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस चालक फरार छन् । घाइते हुनेमा काठमाडौका २, भोजपुरका १ र बाँकी नुवाकोटका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !