काठमाडौं– भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको पहिरोमा परेर तीन नेपालीको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
भारतीय अधिकारीका अनुसार होटल निर्माणमा खटिएका नेपाली श्रमिकहरु समखल भन्ने स्थानमा टेण्टमा बसेका थिए । वर्षाका कारण माथिल्लो भागबाट पहिरो खस्दा उनीहरुलाई पुरिएको जनाइएको छ । घटनामा घाइते दुईजनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
राज्य सरकारले मौसममा सुधार नआएसम्म सतर्क रहन र हिमालय क्षेत्रका मन्दिरमा नजान आग्रह गरेको छ ।
एजेन्सीको सहयोगमा
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !