काठमाडौँ –लगातारको वर्षापछि आएको बाढीपहिरो र डुबानबाट देशभरका विभिन्न जिल्लामा गरी ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।


मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार बाढी, पहिरो र डुवाबाट ३० जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा अधिकांश पहिरोबाट ज्यान गएको छ ।

विहिबार मात्रै ११ जनाको मृत्यु भएको गृहले जनाएको छ भने बुधबार ६३ र मंगलबार १४ जनाको मृत्यु भएको थियो । विपदमा परेर पाँचथरमा सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३÷१३ जनाको मृत्यु भएको छ ।


यसैगरी हुम्ला, बैतडी, कालीकोट, डडेलधुरा, बझाङ, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको बताइएको छ भने विपद्बाट २० जिल्ला प्रभावित भएको छ । बझाङमा २१ जना हराइरहेका छन् भने पाँचथरमा ४ सहित विभिन्न जिल्लामा गरेर ३० जना बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ ।

बाढी पहिरो र डुवानमा परेकाको खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासी खटिएका छन् ।

बाढी पहिरो र डुवानमा परेर सयौं घरबारविहिन भएका छन् भने खानेकुराको अभावमा भोकै बस्नुपर्ने अवस्था छ । प्रदेश सरकारले राहत उपलव्ध गराउने भनिएपनि अपुग भएको बताइएको छ ।

सयौ भौतिक संरचनाहरु बाढी पहिरो र ढुवानले ध्वस्त भएका छन् भने दर्जनौ सडक, खानेपानी, दुरसंचार क्षेत्र, विद्युत अवरुद्ध भएका छन् भने हवाई उडान समेत प्रभावित बनेको छ । भित्र्याउने सयौ हेक्टर बाली नष्ट भई अर्वौ बराबरको क्षति भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल