नुवाकोट–गएको असोज ३१ देखि ३ गतेसम्म परेको भारी वर्षाले नुवाकोट र रसुवामा लगाइएको छ हजार भन्दा बढी रोपनीमा लगाइएको धानबाली क्षति पुर्याएको छ ।

वर्षात्ले पाकेर भित्र्याउन ठीक पारिएको नुवाकोट र रसुवाका ६ हजार १ सय २० रोपनी अर्थात् ३ सय ६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली क्षति पुर्याएको छ ।

१ हेक्टर बराबर २० रोपनी हुन्छ । नुवाकोटमा ५ हजार ९ सय २० रोपनी र रसुवामा २ सय रोपनीमा लगाइएको धानबाली क्षति पुगेको कृषि ज्ञान केन्द्र नुवाकोट–रसुवा कार्यालयले जनाएको छ ।

धानको ठाडो बाला भन्दा र काटेर ढालेको धान वर्षाले खेतका आलीमा उम्रिएको छ ।

यतिबेला काटिएका धान २÷३ दिन घाममा सुकाएर झट्ने गरिन्छ । वर्षाले धान खेतमै भिजेर उम्रिएपछि अब चामल किनेर खानुपर्ने बाध्यता बढेको किसानहरु बताउँछन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल