काठमाडौं– वरिष्ठ चिकित्सक चक्रराज पाण्डे धापासीस्थित ग्रान्डी अस्पतालको जिम्मेवारीबाट बाहिरिएका छन् ।

उनी ग्रान्डी अस्पतालका संस्थापक मेडिकल निर्देशक र अस्पताल सञ्चालक समितिमा थिए । आइतबार सम्पन्न साधारणसभाबाट सञ्चालक समिति सदस्य र मेडिकल निर्देशकबाट औपचारिक रुपमा उनले बिदा लिएका छन् ।

पछिल्लो समय उनको सञ्चालक समिति अध्यक्ष दीपक कुँवरसँग सम्बन्ध बिग्रिएको थियो। ३२ रोपनी जग्गामा फैलिएको ग्राण्डी अस्पतालमा झण्डै १ हजार कर्मचारी कार्यरत छन् ।

१५ तल्ले भवनमा चिकित्सक पाण्डेसहित ग्राण्डीमा १ सय २६ जना लगानीकर्ता छन्। २५÷२५ प्रतिशत शेयर भने रुपज्योति र उपेन्द्र महतोको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल