काठमाडौ — महाधिवेशनको संघारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दुअधिराज्य र राजसंस्थाको मुद्दा उठाउने बताएको छ ।

शनिबार काभे्रमा जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष पशुपतिशमशेर राणाले संविधानतः हिन्दुराष्ट्र हुनुपर्ने माग राप्रपाले अघि बढाउने जनाएका छन् । देशभर ८१ प्रतिशत जनता हिन्दू रहेको बताउदै अध्यक्ष राणाले धर्म निरपेक्ष बनाउने निर्णय जनताको नभएको बताए ।

उनले संविधानतः हिन्द अधिराज्य हुनुपर्ने मागलाई राप्रपा अघि बढाउँने बताए । राष्ट्र प्रमुखले पार्टीको एउटा गुटको रुपमा काम गरेको भन्दै अध्यक्ष राणाले ‘राष्ट्रप्रमुख’ को रुपमा राजसंस्था रहनुपर्ने तर्क अघि सारे ।

राष्ट्रप्रमुख जस्तो संस्था निष्पक्ष र चोखो हुनपर्ने र विचमा बसेर निष्पक्ष भएर एउटा रेफ्रीको रुपमा काम गर्नुपर्ने बताए । कुनै पनि पार्टीको सदस्य समेत नभएको राजसंस्थालाई ‘राष्ट्रप्रमुख’को रुपमा राख्नुपर्ने उनले बताए ।


वर्तमान सरकारले चार महिना अवधिमा जनताका समस्या समाधान गर्न नसकेको र मुलुकलाई दिशा दिने काम हुन नसकेको बताए । नेपाली जनताले स्थिरता र उन्नति खोजेको बताउदै दुई तिहाई मत पाएको नेकपा नेतृत्वको सरकार पनि आपसी झगडामा फसेर जनतालाई निराश बनाएको अध्यक्ष राणाले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल