काठमाडौँ —राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ ।
केन्द्रीय तथ्यांक विभागबाट गएको गणकको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारिक विवरण संकलन गरेको छ । जनगणनाका लागि तयार गरिएको प्रश्नावली राष्ट्रपतिलाई सोधिएको छ ।
मेरो जनगणना, मेरो सहभागिता भन्ने नारासहित जनगणना सुरु गरिएको हो । जनगणना आगामी मंसिर ९ मा सकिनेछ ।
राष्ट्रपति भण्डारीको परिवारिक विवरणपछि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारको जनगणना लिने कार्य भैरहेको छ ।
त्यसपछि प्रमुख प्रतिपक्ष एमालेका नेता तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीको जनगणना हुने विभागले जनाएको छ ।
जनगणनाका लागि देशभर ८ हजार ५ सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन् । एकदिनमा एक जना गणकले १२ परिवारको लगत लिने छ ।
८० वटा प्रश्न सोध्ने छ । एक गणकले एउटा परिवारसँग २० मिनेटमा प्रश्नावली सोध्ने तथ्यांक विभागले जनाएको छ । जनगणनाका लागि सरकारले ४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । पहिलो चरणमा ‘घर तथा घरपरिवार सूचीकरण’ र दोस्रो मूल जनगणनामा ‘मुख्य प्रश्नावली’ र ‘सामुदायिक प्रश्नावली’ गरी तीन किसिमले विभाजन गरिएका छन् । पहिलो चरणको सकिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !