काठमाडौं– आगामी मंसिर १ गतेदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गरिने भएको छ ।

राहदानी विभागले त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनमा ई–पासपोर्ट छपाइको तयारीको लागि अन्तिम परीक्षणहरु गरिररहेको जनाएको छ ।


अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) चालु गरेको छ । विभागका १ मंसिरमा एक समारोहका बीच ई–पासपोर्टको वितरण थालिने छ । सुरुवातमा सीमित मात्रै ई–पासपोर्ट वितरण गरिने विभागले जनाएको छ । पूर्ण रुपमा ई–पासपोर्ट वितरण नभइन्जेल विभागले अत्यावश्यक परेर वा स्वेच्छिक रुपमा बनाउन चाहानेलाई एमआरपी पनि वितरण गरिनेछ ।
एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले सुरुमा दुवै खालका पासपोर्ट वितरण गर्ने तयारी गरेको छ ।

सन् २०२० को डिसेम्बर २० मा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटी’सँग ई–पासपोर्ट छपाइको लागि २ अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो । विभागले लक्ष्यअनुसार नै समयमै काम सकेको छ ।

अन्तर्राष्ट्रिय स्तरको सुरक्षित पासपोर्ट
ई–पासपोर्ट अन्तर्राष्ट्रियस्तरमा हाल प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले ई–पासपोर्टलाई सुरक्षित भनेर परिभाषित गरेको छ ।
इलेक्ट्रोनिक राहदानी एमआरपी भन्दा गुणस्तरीय र भरपर्दो हुने बताइएको छ । यो राहदानीमा उच्च किसिमको प्रविधिको प्रयोग गरिने भएको छ । ई–पासपोर्टमा मोबाइलको सिम जस्तै विद्युतीय ‘चिप’ प्रयोग गरिने, पासपोर्टबाहक व्यक्तिगत विवरणसहित बायोमेट्रिक डाटा राखिनेछ । यसको ‘सेक्युरिटी फिचर’ कसिलो हुने यो पासपोर्टलाई मेसिन÷कम्प्युटरले सहजै रिड गर्नसक्छ ।
ई–पासपोर्ट लागू भएपछि पासपोर्ट दुरुपयोगको समस्यालाई सम्बोधन गर्ने अपेक्षा छ । यसमा इलेक्ट्रोनिक डाटामा बायोमेट्रिक राखिएको छ । यस्ता जैविक संकेतहरु एर्कासँग (अपवाद बाहेक) मिल्दैन । यो राहदानी एकअर्काको नाममा जारी भएको पासपोर्ट बोकेर उड्ने समस्या समाधान हुने अपेक्षा सरकारको छ ।


सरकारले राष्ट्रिय परिचयपत्र वितरण गरेर सबै नागरिकको बायोमिट्रक विवरण लिने भएकाले बायोमट्रिक म्याच नभएको खण्डमा अन्यको नाममा पासपोर्ट बनाउन निकै कठीन हुनेछ ।
मन्त्रिपरिषद बैठकको निर्णयअनुसार नेपालको ई–पासपोर्टमा ६४ वटा पृष्ठहरु हुनेछन् ।

त्यस पृष्ठहरुमा सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र ठाउँहरुको फोटो राखेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल