नुवाकोट–नुवाकोट दुप्चेश्वरगाउँपालिका वडा नम्बर ७ शिखरबेसीकी अप्सरा थापा गाउँमा सुत्केरी हुन नसकेपछि सेनाको हेलिकोप्टरमार्फत काठमाडौ पठाइएको छ ।

शिखरबेसीकी २४ वर्षिया थापाको सुत्केरी हुने क्रममा अत्याधिक रक्तश्राव भएपछि उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत राजधानी काठमाडौ पठाइएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिं तामाङले जनाए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उपचारका लागि काठमाडौ पठाइएको गाउपालिकाका उपाध्यक्ष अन्जु आचार्यले बताइन् ।

दुर्गम क्ष्ँेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्वन्धी कार्यविधि बनाएर सेवा प्रदान गरिएको बताइएको छ । सुत्केरी महिला थापाको काठमाडौ थापाथलीस्थित प्रसूतिगृह छिन् र उनकोे स्वास्थ्य अवस्था राम्रो रहेको गाउँपालिका अध्यक्ष तामाङले जनाएका छन् ।

यो समेत गरेर गाउँपालिकाले ३ जना सुत्केरी महिलाको हवाई उद्धार गरि ज्यान बचाइसकेको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल