काठमाडौ– प्रदेश नम्बर २ को धनुषास्थित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० मा दुई समुदायबीच छट पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा झडप हुँदा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

विवाद चुलिएर हिंसाको रुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । छठ पर्वको दिन देवपुरा रुपैठास्थित तेलिया पोखरीमा घाट निर्माण गर्ने विषयमा विवाद हुँदा झडपमा परिणत भएको थियो ।

झडपमा परेर ४ जना हिन्दूसमुदायका स्थानीय घाइते भएका थिए। झडपमा २ नेपाल प्रहरी, १ सशस्त्र र १ जना महिला समेत घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थललाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनायो ।

झडपबाट थप घटना हुन नदिन प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सो वडामा निषेधाज्ञा जारी गरेका छन् । शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरिएको छ ।

स्थानीय प्रशासनले पूर्वमा जलाद नदीको कल्टी बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल