काठमाडौं– मुगु जिल्ला सदरमुकाम गमगढीमा भीषण आगलागी हुँदा २१ घर नष्ट भएको छ भने ३० करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
सोमबार राति साढे १२ बजेदेखि आगलागी सुरु भएको त्यहाँका प्रहरी कार्यालयले जनाएको छ । स्थानीय ठिङने लामाको घरमा पूजाका लागि जलाइएको दियोबाट सल्केको आगोले पूरै गाउँ खरानी बनाएको छ ।
आगलागी नियन्त्रणमा ल्याउन स्थानीय, नेपाली सेना, नेपाल प्रहरीको खटिएर निभाईएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जनाएका छन् ।
आगलागीबाट ३० करोड बराबरको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ । आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन । आगलागी पीडित पाल हालेर बसेका छन् भने अन्य आफन्तकोमा आस्रय लिएका छन् ।
मुख्यमन्त्री कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै आगलागी पीडितहरुलाई राहत तथा पुनस्र्थापनामा प्रदेश सरकार गम्भीर रहेको र स्थानीय प्रशासनको सिफारिसका आधारमा प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्ने जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !