काठमाडौ– १४ औं महाधिवेसनको लागि जुटेको नेपाली काग्रेस रसुवाको वडा अधिवेशनमा एकलौटी गरेको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएको छ ।
नेपाली काग्रेस रसुवाको आइतबार भएको अधिवेशन धाँधलीपुर्ण रहेको भन्दै उक्त अधिवेशन खारेजीको माग गर्दै नेपाली काँग्रेसका लोकतान्त्रिक समूहद्वारा वेत्रावती, कालिकास्थान र सदरमुकाम धुन्चेमा टायर बालेर विरोध प्रदर्शन गरेको छ ।
विरोधका कारण रसुवागढी नाका बुधबार बन्द हुन गएको छ । दैनिक दर्जनौ सामान रसुवागढी नाकाहुँदै काठमाडौ आउने गाडी रोकिएका छन् ।
रसुवामा ५ गाउ“पालिका र २७ वटा वडा छन् । अधिवेशनमा एकलौटी रुपमा मोहन आचार्य र प्रेम तामाङ समुहले धाँधली गरेको भन्दै विवाद चुलिएको छ ।
उत्तरगयागाउँपालिका वडा नम्बर २ मा निर्वाचन प्रक्रियाको थालनी नगरी एकलौटी ढंगबाट प्रहरी चौकीको सुरक्षा घेरामा कांग्रेस अधिवेशनमा करिब २० प्रतिशत क्रियासिल सदस्यको उपस्थितिमा प्रहरी घेरा भित्रबाट अधिवेशनमा नेतृत्वको घोषणा गरिएकोमा आपत्ति जनाउँदै पुन लोकतान्त्रिक पद्धतिबाट अधिवेशनको माग गरी निवेदन आएको निर्वाचन अधिकारी सुमन केसीले जनाएका छन् ।
यसै गरी उत्तरगया गाउँपालिका वडा नम्बर ३ मा उम्मेदवारी हाल्न नदिइ जबर्जस्ती प्रतिनिधि घोषणा गरिएको भन्दै उजुरी परेको उनले जनाएका छन् । धाँधली भएको भन्दै विभिन्नवडाबाट लिखित तथा मौखिक निवेदन आएको र रसुवामा निर्वाचन गराउन नसक्ने भन्दै मंगलबारै केन्द्रीय निर्वाचन समितिमा राजीनामा बुझाएर काठमाडौं फर्किन लाग्दा प्रहरीले बाटोबाटै पक्राउ गरी पुनः रसुवा फर्काएको लोकतान्त्रिक समुहका युवा नेता उत्तम पौडेलले बताए । उनले लोकतान्त्रिक पार्टीभित्रको आर्थिक अराजकता, सर्बसत्ताबाद विरुद्ध सधै लड्ने बताए ।
नेपाली काग्रेस रसुवामा नयाँ शक्ति समायोजनको क्रियासिल सदस्यताको विवादले हालै पार्टीको केन्द्रीय कार्यालयले टुंग्याएपनि वडाअधिवेसनको सतहमा भने एकअर्कालाई सिध्याउने परिपाटी बन्दै गएको छ ।
अर्को समूहले भने जानकारी लिन खोज्दा सम्पर्कमा आउन चाहेनन् ।
१३ औं अधिवेशनमा १४७७ क्रियासिल सदस्य रहेकोको नेपाली काग्रेस रसुवामा नयाँ शक्तिको समायोजन र नया क्रियासिल थपिएपछि ३८७३ पुगेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !