काठमाडौँ– शुक्रबार दिउँसो ५ सय ८० वर्षपछि लामो चन्द्रग्रहण लागेको छ ।

३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो खण्डग्रास चन्द्रग्रहण लागेको हो । पृथ्वीको छायाले चन्द्रमाको ९७ प्रतिशत भाग ढाकेर चन्द्रग्रहण लागेको छ । यो चन्द्रग्रहणको उच्च बिन्दु नेपाली समय अनुसार दिउँसो २ बजेर ४९ मिनेटमा भएको थियो ।

ईस्वीसन् १४४० को फेब्रुअरीमा १८ मा शुक्रबार लागेको भन्दा लामो चन्द्रग्रहण लागेको वैज्ञानिकहरुले जनाएका छन् । आफ्नो कक्षमा घुमिरहेका बेला सूर्य र चन्द्रमाको बिचमा पृथ्वी पर्दा चन्द्रग्रहण लाग्छ ।

सूर्य र चन्द्रमाको बीच पृथ्वी आउँदा सूर्यको प्रकाश पृथ्वी र पृथ्वीको छाया चन्द्रमामा परेपछि चन्द्रग्रहण भन्ने गरिएको छ ।

सबैभन्दा लामो चन्द्रग्रहण आगामी ईश्वीसन् २६६९ फेब्रुअरी ८ का दिन लाग्ने ज्यातिषहरुले जनाएका छन् ।

एजेन्सीको सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल