नुवाकोट–उलेर्नी काल्चेकी चोक्साङ तामाङ अहिले धानखेती गर्न थालेकी छिन् । गाउ“मै सिंचाई सुविधा आएपछि सात रोपनी खेतमा धान लगाउन थालेकी छन् । उनको खेत र बारी गरेर २१ रोपनी जग्गा छ । यहा“का स्थानीय मकै र कोदो खेतीखेतीमा मात्र सिमित थिए । गाउ“मा सिंचाई सुविधा पुगेपछि अहिले धान र तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

‘पहिला कोदो र मकै मात्र लगाइन्थ्यो,’उनलेभनेभनिन्,‘गाउमै पक्कीकुलोबाट पानीआएपछि धान लगाउन थालें ।’

अर्का स्थानीय किसान अर्जुन तामाङ तरकारी खेतीतर्फ लागेका छन् । सहरबाट लसुन र प्याज लगायतका तरकारी किने खानुपर्ने बाध्यता रहेको बताउदै उनलेभने,‘सिंचाई आएकोले तरकारी गाउमै फलाउ“छु ।’ उनले थपे,‘प्याज र लसुन भारतदेखि आउ“छ । गाउमै मजाले लसुन प्याज फलेपछि किन बाहिरबाट किनेर खानुपर्यो ।’ उनी गाउ“मै टनेल हालेर तरकारी खेतीलाई बढाउने लक्ष्य छ । केही वर्षअघि यहा“ स्थानीय किसान आकासे खेतीमा निर्भर थिए ।

छुपाङखोला सिंचाई आयोजना निर्माण भएपछि स्थानीय किसानले समथर फा“टमा धान, गहु“, तोरीखेती गर्न थालेका छन् । सिंचाई आएपछि स्थानीयले हिउदमा खेती गर्न थालेका हुन् ।

उक्त सिंचाई आयोजना ८ किलोमिटर २ सय मिटर टाढा रहेको छुपाङ खोलाबाट पानी ल्याएर सिंचाई गर्न थालिएको छ । यो आयोजना डेढ वर्षमा गौरा÷जलुकेनीजेभीले निर्माण सम्पन्न भएको हो ।

तादीगाउ“पालिका १ उर्लेनीको काल्चे र ओर्खेका ९ सय धुरीका खेत सिंचाई सुविधा पाएका छन् । यहा“का सुख्खाटारमा सिंचाई सुविधा पुगेको छुपाङखोला उपभोक्ता समितिका अध्यक्ष केशवबहादुर थापाले बताए ।

‘आकासेखेतीमा रहेका स्थानीय किसान सिंचाई सुविधाले लाभान्वित बनेका छन्,’ उनलेभने,‘किसानको आयबृद्धि आर्थिक उपार्जन गर्न सक्ने छन् ।’ उच्चपहाडी क्षेत्रको ठूला सिंचाई आयोजना हो ।

आयोजनाले १ सय ६५ हेक्टर क्षेत्रफलमा सिंचाइ गरिने जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय नुवाकोटले जनाएको छ ।

छुपाङखोला सिंचाईका लागि प्रादेशिक सिंचाई अन्तर्गत साढे ४ करोड रुपैया लागतमा निर्माण भएको हो । हामीले फागुन देखि असारसम्म सिंचाई पुग्ने कार्यालय प्रमुख हरिप्रसाद गुरागाईले बताए ।

पहाडी क्षेत्रको बृहत योजना भएको उनले बताए । राहुचुली हिमालको फेदीबाट आएको मुहानबाट उक्त पानी ल्याइएको हो । २ सय लिटर प्रतिसेकेण्ड पानी बग्ने गरेको छ । यो सिंचाई आयोजना सदरमुकाम विदुरबाट ४० किमी दुरी पूर्वीभेगमा रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल