काठमाडौं– अमेरिकाको केन्टकीसहितका ६ राज्यमा ३० वटा टोर्नाडोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

केन्टकी राज्यका ७० सहित ८४ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । टोर्नाडोका कारण केन्टकी, अर्कान्सा, इलिनोइ, मिजुरी, मिसिसिपी र टेनिसीमा जनजीवन प्रभावित भएको छ । शुक्रबार रातिदेखि शनिबार बिहानसम्म टोर्नाडोले क्षति गरेको छ ।

टोर्नाडोका कारण विद्युत तथा पानी सेवा प्रभावित भएको छ । हजारौं स्थानीयवासिन्दा पानी तथा बिजुलीको अभाव झेलिरहेका छन् ।

राष्ट्रपति जो बाइडेनले टोर्नाडोबाट प्रभावित भएकाहरुको सहयोगका लागि सक्दो सहयोग गर्ने बताएका छन्।
एजेन्सीको सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल