काठमाडौ– सरकारले ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरूद्धको मोडर्ना खोप दिन सुरू गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ पुसदेखि १४ गतेसम्म खोल दिने जनाएको छ ।


मन्त्रालयका अनुसार ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाका लागि साढे १८ लाख खोप सम्बन्धित स्थानमा पठाइएको जनाएको छ ।


एकैपटक सबै जिल्लालाई खोप नपुगेपछि अहिलेलाई ती जिल्लाका बालबालिकालाई खोप दिन लागिएको हो । थप खोप आएपछि बाँकी रहेका जिल्लामा पठाइने मन्त्रालयले जनाएको छ ।

प्रदेश १ का ११ वटा, प्रदेश २ का ५ वटा, बागमतीका ७ वटा र गण्डकीका ९ वटा छन् भने यसैगरी लुम्बिनी र कर्णालीका ९ वटा र सुदूरपश्चिमका ७ वटा जिल्ला रहेका छन् ।

मन्त्रालयका अनुसार पुस ४ देखि १४ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकालाई माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा दिइने जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल