काठमाडौं– प्रदेश नम्बर २ रौतहट जिल्लामा मंगलबार अपरान्ह विवाहको जन्ती जाने क्रममा भारतीय जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।
बीआर ०५ पीए ६९५३ नम्बरको भारतीय जीप दुर्घटना हुँदा गढीमाई नगरपालिका–३ गम्हरिया टोल बस्ने १६ वर्षीय शेष नौसाद, २२ वर्षीय शेष सैनुल्लाह, २५ वर्षीय शेष अफताब, ५५ वर्षीय डाक्टर मोसाफिर अन्सारी, ४० वर्षीय शेष अबुलेस र १७ वर्षीय शेष अजिबुल्लाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सोही स्थानका १५ वर्षीय शेष अमानत र १७ वर्षीय शेष करिमुल्लाहको गरुडाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी अर्का घाइते १६ वर्षीय शेष अल्फाजको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको मल्लले बताए।
गढीमाई नगरपालिका–३ गम्हरियाबाट परोहा नगरपालिकाको नरकटियामा जन्ती जाने क्रममा उक्त जीप मंगलबार दिउँसो पौने चार बजेको समयमा गरुडा नगरपालिका–१ मा आफै अनियन्त्रित भइ बाटोको छेउमा खाल्डोमा पल्टिएर दुर्घटनामा परेको थियो । जिपमा ९ जना सवार थिए ।
साभार देशसंचार
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !