काठमाडौं– प्रदेश नम्बर २ को सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकाको बयलवास बजार क्षेत्रमा कफ्र्यु(निषेधाज्ञा) लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले मंगलबार दिउसो ३ बजेदेखि भोलि बुधवार साँझ ७ बजे सम्मको लागि कफ्र्यु निषेधाज्ञा जारी गरेको हो ।

प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुरनगरपालिका वडा ५ का सखुबनी खुबलाल टोलका ३० वर्षीय राम कुमार महतोको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले बजार बन्द गराएर आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले कफ्र्यु लगाएको हो ।

ईलाका प्रहरी कार्यालय केशरगञ्जबाट पूर्व, ईश्वरपुर नगरपालिका ४ सागरनाथ टोलसम्म, पश्चिममा ईश्वरपुर नगरपालिका ८ रामपुर टोलसम्म, उत्तरमा वडानम्बर ५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका ९ खोरिया टोलसम्म कफ्र्यु लगाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल