काठमाडौँ – पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण देशभर बदली भई वर्षा र हिमपात भएको छ ।

तल्लो तटीय क्षेत्रमा वर्षा भएको छ भने उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । वर्षा र हिमपातका कारण चिसो बढेको छ ।

चिसोका कारण विरामी, बृद्धबृद्धा र बालबालिकालाई असर पुर्याएको छ । त्यसैगरी हिमपातले १७ सय मिटर उचाईमा रहेका वस्ती तथा सडकमा आवतजावत गर्न समस्या भएको छ । हिमपातले हिमाली भेगका संचालित विद्यालय बन्द भएका छन् ।

हिमपात भएपछि उच्चस्थानमा रहेका हवाई उडान समेत प्रभावित भएको छ । उच्चहिमाली र तल्लो तटीय क्षेत्रका किसानलाई भने हिमपात र वर्षाले बाली उत्पादनको लागि सघाएको छ ।

संघीय राजधानी काठमाडौ वरिपरिका डाँडामा हिउँ परेपछि हिउका पारखीलाई हिउँ खेल्ने मौका जुरेको छ । मंगलबार रातिदेखि वर्षा र हिउँ पर्न थालेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल