काठमाडौं– प्रदेश नम्बर २ को सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकाको बयलवास बजार क्षेत्रमा लगाइएको कफ्र्यु(निषेधाज्ञा) स्थानीय प्रशासनले हटाएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले मंगलबार दिउसो ३ बजेदेखि भोलि बुधवार साँझ ७ बजे सम्मको लागि कफ्र्यु लगाएको थियो ।
प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुरनगरपालिका वडा ५ का सखुबनी खुबलाल टोलका ३० वर्षीय राम कुमार महतोको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले बजार बन्द गराएर आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले कफ्र्यु लगाएको हो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !