नुवाकोट—आफ्ना पितृको उद्धार र मनोकांक्षा पूरा हुने जनविश्वासले कृष्ण पौषेऔसीको अवसरमा श्राद्ध गरिएको छ ।

नुवाकोट र रसुवाको सिमा बेत्रावतीस्थित उत्तरगयामा पितृ उद्धारका हजारौ भक्तजनले श्राद्ध गरेका छन् । दिवंगत पितृको नाममा जौको पिठोले बनाएको पिण्ड सहित तर्पण दिएर भक्तजनले श्राद्ध गरेका हुन् । त्रिशूली, फलाखु र तप्त नदीको संगमस्थल त्रिवेणीलाई उत्तरगयाधामको नामले चिनिन्छ । उत्तरगयाधाम नुवाकोट र रसुवा जिल्लाको आधा÷आधा क्षेत्र पर्छ । यहा“ श्राद्ध गरेर तर्पण, दान गर्नाले अगतिमा परेका र श्राप पाएका पितृहरु मुक्त भई स्वर्ग जाने जनविश्वास रहिआएको छ ।

साथै पितृले आफ्ना कुलको रक्षा र मानोकाक्षा पूरा गरिदिने भएकाले उत्तरगयामा श्राद्ध गर्न भक्तजनहरु टाढादेखि आउने गर्छन् । यहा“ हिन्दू र बौद्ध सम्प्रदायले आफ्ना दिवंगत पितृको नाममा वर्षेनी श्राद्ध गर्दै आएका छन् । भक्तजनहरु भारत काशीको तुलनामा उत्तरगयालाई शिरस्थान मानेर श्राद्ध गर्न आउ“छन् । उत्तरगयामा हिन्दू र बौद्धको मिश्रण रहेको छ ।

स्कन्ध पुराणाकाे िहमवत् खण्डमा उल्लेख भएअनुसार सत्ययुगमा देव र दानव मिलेर समुन्द्रमन्थन गर्दा निस्केको कालकुट विष शमन गर्ने सक्ने कोही नभएपछि भगवान् शिवजी सेवन गरेपछि त्यसको डाह शान्त पार्न उत्तराखण्ड हिमालयतर्फ लाग्दा हालको बेत्रावती उत्तरगयामा आएपछि त्रिशूली र फलाखुको दोभान बीचमा बेतको लौरोले खोस्रेर तप्त नदी उत्पत्ति गराए । सोही नदीको पानीले घा“टीमा रहेको विषको डाह कम गराई शिवजी गोसाइकुण्डतर्फ लागेको जनविश्वास छ ।

उत्तरगया बेत्रावतीमा श्राद्ध गर्न आउने सवारीलाई व्यवस्थित गरेर भक्तजनलाई सहज बनाएको ट्राफिक कार्यालयले जनाएको छ । भक्तजनको आवतजावतलाई व्यवस्थित गराएको ट्रापिक हवल्दार विक्रम थापाले बताए । त्यसैगरी नुवाकोट क्ष्ँेत्रपट्टि गोसाइकुण्ड युवा क्लबले भक्तजनलाई आवतजावत गर्न र आइपरेका समस्यालाई सहयोग पुर्याएको अध्यक्ष सुवास डंगोलले बताए । त्यसैगरी रसुवापट्टी उत्तरगया युनिक युथ क्लवले सहयोग पुर्याएको अध्यक्ष सुरेन्द्र आचार्यले बताए । त्यसैगरी नेपाल स्काउट, नेपाल प्रहरी, बेत्रावती टोल विकास समिति खटिएका छन् ।

उत्तरगया क्षेत्र विकास समितिका अनुसार कोरोनाका कारण ५ हजार भक्तजन आएकोमा योवर्ष १४ देखि १५ हजार भक्तजन श्राद्ध गर्न आएको गोसाईकुण्ड युवा क्लवले जनाएको छ । यहा“ भारत, नेपालका विभिन्न जिल्लाबाट भक्तजनहरु आएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल