काठमाडौं– कोरोना भाइरस महामारीको तेस्रो लहर आउने सङ्केत देखिएसँगै कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सतर्कता अपनाउन भनेको छ । देशभर सतर्कता अपनाउन जिल्लाहरुमा पत्राचार गरेको छ ।


छिमेकी भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि उच्च सजगता अपनाउन सीसीएमसीसीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई पत्राचार गरेको छ ।

सङ्क्रमण बढ्न थालेसँगै नाकामा कडाईका साथ स्वास्थ्य परीक्षण बढाउन, विदेशबाट आउनेका लागि स्थानीयतहमा आइसोलेसन र क्वारेनटिन व्यवस्था मिलाउन डीसीसीएमसीलाई निर्देशन दिईको सीएमसीसीले जनाएको छ ।

भारतमा सङ्क्रमण बढेसँगै सीमा नाकाबाट नेपाल भित्रिनेहरूबाट सङ्क्रमण बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्य विज्ञहरुले जनाएका छन् ।
कोरोना भाइरसको नयाँ तीव्र सङ्क्रामक भेरियन्ट ओमिक्रोनको सङ्क्रमण नै बढी रहेको विज्ञहरूको भनाइ छ ।

यसैगरी स्वास्थ्य मन्त्रालयलाई पनि अस्पतालहरूको अवस्था के कस्तो छ भनेर निगरानी बढाउन थालिएको छ ।

अस्पतालमा बेड र अक्सिजनको व्यवस्थासहित तयारी अवस्थामा रहनका लागि स्वास्थ्य मन्त्रालयलाई प्रस्ताव गरिसकेको सीसीएमसीसीले जनाएको छ ।

विमानस्थलमा हेल्थ डेस्क सक्रिय रहेको र अब, खोप नलगाएर आउनेहरूलाई विमानस्थलमै खोपको व्यवस्था गर्नका लागि पनि आग्रह गरिएको उनले बताइन् ।
खोप नलगाएर विमानस्थलबाट भित्रिनेहरूमा लक्षण देखिएमा एन्टीजेन परीक्षण गर्ने गरिएको र खोपको व्यवस्था गर्नका भनिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्न सक्ने देखिएपनि त्यसले कतिलाई प्रभावित बनाएर स्वास्थ्य संस्थासम्म पु¥याउन सक्छ भनेर विज्ञहरु पर्ख र हेरको अवस्थामा छन् । ओमिक्रोनले तुलनात्मक रूपमा डेल्टा भेरियन्ट जस्तो विकराल रूप नलिएपनि बढी मानिस अस्पताल भर्ना हुन सक्ने समस्या निम्त्याउने जनस्वास्थ्य विज्ञको अनुमान छ । खोपलाई प्रभावकारी रुपमा बढाउन जरुरी रहेको स्वास्थ्य विज्ञहरुले जोड दिएका छन् ।

सङ्क्रमण बढ्न नदिन सभा जुलुस एवं सम्मेलनलाई कम गर्दै स्वास्थ्य मापदण्डको पालना गर्न भनिएको छ । ओमिक्रोन भेरियन्टविरुद्ध मात्रा दुई खोप पर्याप्त नहुने बताइएको छ । नेपालमा पहिलो मात्र लगाएर कतिपयले दोस्रो मात्रा लगाएका छैनन् भने विश्वका धेरै मुलुकमा तेस्रो मात्र लगाइसकेका छन् ।

इजरायलले कोभिडबाट जोखिममा पर्नेलाई खोपको चौथो मात्रा लगाउन थालिसकेको छ । चिसो बढेसंगै विश्वभर कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । बेलायत, अमेरिका, अस्ट्रेलिया, भारतसम्म सङ्क्रमण बढेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल