काठमाडौ– नेपाल निजामती कर्मचारी युनियन नुवाकोटको ८ औं जिल्ला अधिवेसनले निलमकुमार भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
खुल्ला उपाध्यक्षमा टेकबहादुर अधिकारी, महिला उपाध्यक्षमा दुर्गादेवी अधिकारी, समावेशी उपाध्यक्षमा महेन्द्रकुमार श्रेष्ठ, सचिवमा वासुदेव श्रेष्ठ, सहसचिव रामकुमार राई र कोषाध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी कार्यसमितिको सदस्यहरुमा वीरबहादुर तामाङ, बैकुण्ठ अधिकारी, गोपाल श्रेष्ठ, पूजा खतिवडा, सुरेश सिटौला, विष्णुप्रसाद खनाल, विरोचन खनाल, निशा डंगोल छन् भने दुई जना मनोनित गर्न बाँकी छ ।
त्यसैगरी केन्द्रिय प्रतिनिधिहरुमा सुदीप छत्कुली, उत्तम खनाल, नारायण श्रेष्ठ, ज्ञानेन्द्रप्रसाद भट्ट र धनमाया तामाङ रहेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !