काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी एकिकृत माक्सवादी लेनिनवादी नुवाकोटको सातौ अधिवेसनले सर्वसम्वत रुपमा बद्री मैनालीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।
मैनालीलाई आइतबार अध्यक्षमा निर्विरोध भएका हुन् । उनीस“ग एमालेका बुद्धिबहादुर प्रधान अध्यक्षमा दावी गरेका थिए । अन्तिम समयमा आएर प्रधान उपाध्यक्षमा बसेपछि मैनाली लाई अध्यक्षमा बाटो खुलेको हो । उनी नुवाकोट निर्वाचन क्षेत्र नम्बर ख बाट निर्वाचित प्रदेश सांसद छन् ।
यसैगरी कार्यसमितिको सचिवमा सुदर्शन नेपाल, उपसचिवव्दय काशिराज अधिकारी र निलकण्ठ आचार्य चयन भएका छन् । कार्यसमितिमा खुल्लातर्फ ४८ जनाको चयन गरिएको छ ।
३० जना प्रत्येक निर्वाचन क्षेत्रबाट मनोनित गरेर ल्याउन बाकी छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !