काठमाडौँ– कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाउन गृह प्रशासन र नेपालअधिराज्यभरका विद्यालयहरू यही माघ दोस्रोतसाता बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।
आइतबार सीसीएमसीले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको जनाउदै त्यसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन सरकारका विभिन्न निकायलाई सिफारिस गरेको हो ।
कोरोना संक्रमण रोकथामका लागि सीसीएमसीले १३ बुँदामा विभिन्न निकायलाई गरेको सिफारिसमा सार्वजनिक स्थलमा कुनै पनि प्रकारका भेला नगर्न भनेको छ ।
सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक या धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यहीँ प्रकृतिका कार्यक्रम नगर्न आह्वान नगर्ने, नगरी नहुने नियमित कार्यक्रम स्थानीय प्रशासनको अनुमति लिएर गर्ने र अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी हुने गरी भेला, मेला तथा महोत्सवहरू आयोजना नगर्न÷नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत लेखी पठाउन आग्रह गर्दै सीसीएमसीले सिफारिस गरेको छ ।
सार्वजनिक स्थानहरू कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रदेश गर्दा अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटो साथमा राख्न भनेको छ । उक्त कार्य हेरेरमात्र सार्वजनिक स्थलहरूमा प्रवेशको व्यवस्था गर्न सम्बन्धित निकायलाई सिफारिस गरिएको छ ।
त्यसैरी आइतबारै सीसीएमसीको बैठकले १८ वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै हिउँदे बिदाको रुपमा विद्यालय बन्द गर्न समेत शिक्षा मन्त्रालय समक्ष सिफारिस गरेको छ । नेपालअधिराज्यभरका विद्यार्थीहरूले पूर्ण रुपमा खोप नलगाएको र संक्रमण बढ्दै गएकोमा रोकथामका लागि उपाय अपनाउन भनेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !