काठमाडौँ —संघीय शिक्षा मन्त्रालयले नेपाल अधिराज्यभरका आधारभूत र माध्यमिक विद्यालयहरुलाई आगामी माघ दोस्रोसातासम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रालयमा सोमबार बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसको आधारमा कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।
सीसीएमसीसीले आइतबार वार्षिक बिदामा मिलान हुने गरी यही माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।
कक्षा १ देखि १२ सम्म र सीटीईभीटीअन्तर्गतका कक्षा पुस २७ देखि माघ १५ सम्म बन्द गर्ने निर्णय गरेको सहसचिव एवंं प्रवक्ता दीपक शर्माव्दारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । भौतिक उपस्थितिमा सञ्चालन हुने कक्षा बन्द गरिएपछि वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।
बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन समेत प्रवक्ता शर्माले जनाएका छन् ।
विज्ञप्तिमा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी सञ्चालन, परीक्षा केन्द्रमा मास्क र सेनिटाइजरको प्रयोग र भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गराउने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयले भनेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !