काठमाडौं– कोरोना बढेको जनाउँदै मंगलबार राति १२ बजेबाट संघीय राजधानी काठमार्डां उपत्यकामा स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागू गरेको छ ।

तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त लकडाउनसहित कडाइ गर्ने निर्णय गरेका छन् । उपत्यकामा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरेको छ ।

सार्वजनिक स्थलमा मास्कको प्रयोग, साबुन पानी वा सेनिटाइजरले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराइएको छ । त्यसैगरी बढी भीडभाड हुने कार्यक्रमहरुलाई रोक लगाइएको छ ।

सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन नपाईने र यही माघ ७ देखि सार्वजनिक ठाउँमा उपस्थित हुँदा खोप लगाएको कार्ड देखाउनुपर्ने नियम जारी गरिएको छ । नेपालअधिराज्यभरका विद्यालय यही माघ १५ गतेसम्म बन्द गरिएको छ ।


परीक्षाको हकमा पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षा अंग्रेजी जेड आकारको बसाईमा स्वास्थ्य मापदण्ड पालना गरी संचालन अनुमति दिइएको छ ।


भीड हुने कार्यालयहरु जिल्ला प्रशासन, मालपोत, नापी, यातायात व्यवस्था, आन्तरिक राजस्व, बैङ्क तथा वित्तीय संस्था आदिमा उपयुक्त तरिका अपनाएर सेवा प्रवाह गर्न भनिएको छ । कोभिड–१९ को न्यूनीकरणका लागि आइसोलेसन केन्द्रलाई सञ्चालनमा ल्याउन र अक्सिजनको व्यवस्था गर्न भनिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल