काठमाडौं –२४ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवस विविध कार्यक्रम गरि मनाइएको छ ।
वि. सं. १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा नेपाल अधिराज्यभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदै आएको छ ।
२०५५ सालदेखि प्रत्येक माघ २ गतेलाई राष्ट्रिय भुकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाई सुरक्षित हुने उद्देश्यका साथ सरकारले यो दिवस मनाउन थालेको हो ।
नेपाल अधिराज्यभरका विभिन्न जिल्लामा सरकारी र गैससव्दारा भुकम्पबाट जोगिने तरिका र सुरक्षाका उपायहरु प्रदर्शन गरिएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !