काठमाडौं– चार वर्षपछि मधेशमा पर्ने प्रदेश २ को नामाकरण भएको छ ।

प्रदेश नम्बर २ को नाम मधेश राखिएको छ । मधेश भनेर नाम राख्ने पक्षमा ८० मत परेपछि दुई तिहाइ भन्दा बढी मतले प्रदेशको नाम कायम भएको छ ।

तीन दलको संयुक्त प्रस्ताव मधेश प्रदेशका लागि भएको मतदानमा ९९ जनाले मतदान गरेका थिए । मधेश प्रदेश पारित भएपछि बाँकी प्रस्ताव निस्क्रिय भएको छ ।

सत्तारुढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुखप्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेश प्रदेश छ ।

यस अघि बैठकमा प्रदेशको स्थायी राजधानी जनकपुरधाम दुई तिहाइ भन्दा बढीले पारित भएको छ ।

कुल मत ९९ खस्दा ७८ मत जनकपुरधामको पक्षमा परेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल