काठमाडौं– सघीय राजधानी काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी स्थानीय प्रशासनले अर्को आदेश जारी गरेको छ ।

कोरोना संक्रमण बढ्दै गएको जनाउदै उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका तीन वटै जिल्ला प्रशासन कार्यालयले कोरोनाको रोकथाम सम्बन्धी उस्तै प्रकृतिको आदेश जारी गरेका छन् ।

मंगलबार मध्यरातदेखि लागू हुने गरी ती आदेश माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका ठूला गतिविधि गर्न रोक लगाइएको छ । यसैगरी गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरू संचालन गर्दा भर्चुअल माध्यमबाट गर्न प्रशासनले भनेको छ । यदि गर्नै परेमा भौतिक रुपमा उपस्थित भई २५ जनासम्म मात्र सहभागी हुन भनिएको छ ।

यही माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायत बन्द गर्न प्रशासनले आदेशमा भनेको छ ।

धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउन भनिएको छ । यही माघ ७ देखि सार्वजनिक स्थलमा अनिवार्य खोप कार्ड देखाउनु पर्ने र सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने गरी आदेश जारी गर्दै यदि आदेशको बर्खिलाप गरेमा कारवाही गरिने प्रशासनले जनाएको छ ।

त्यसैगरी विद्यालय खोप अभियानलाई प्रभावकारी बनाउन यही माघ १६ गतेदेखि ४ दिनका लागि विद्यालय खोलिने भएको छ ।

लकडाउनको हल्ला चलिरहेको बेला स्वास्थ्य मन्त्रालयले पुरै लकडाउन नगरिने जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल