काठमाडौँ— कोरोना भाइरसको तेस्रो लहर चलिरहेको नागरिकलाई सहज रुपमा सामान्य रुपमा लिइने सिटामोल औषधी लगायतका औषधिको वितरणको व्यवस्था मिलाउन सरकारको नाममा आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले नेपालअधिराज्यभरका अस्पताल तथा औषधि पसलमा प्रर्याप्त मात्रामा सिटामोल÷प्यारासिटामोलको व्यवस्था मिलाउन भनेको छ ।

औषधी बारेको प्रतिवेदन ल्याएर छलफलमा आउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । सविया तामाङ, टिकाबहादुर कुँवरलगायतले दायर गरेको रिटमा न्यायाधीश शर्माको इजलासले मंगलबार सुनुवाइ गर्दै जारी गरेको अन्तरिम आदेश दिएको हो ।

‘कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्वपूर्ण औषधि सिटामोल÷प्यारासिटामोल नेपालअधिराज्यभरका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मात्रामा सहज आपूर्ति हुन नसकेको भन्दै नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हकको व्यवहारिक प्रचलन गराउन बाञ्छनीय देखिएको,’ अन्तरिम आदेशमा भनिएको छ, ’सबै तहका सरकारहरू बीच समन्वय गरी हालको अवस्थामा स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने सिटामोल÷प्यारासिटामोल लगायतका अन्य औषधिहरूको तत्काल सहज वितरको विशेष प्रबन्ध मिलाउनू ’ भनेर आदेश दिएको छ ।

यस सम्बन्धमा नेपाल सरकारबाट औषधीको सहज वितरणका सम्बन्धमा भए गरेका काम कारबाहीको विवरणको प्रतिवेदन लिई यही माघ १७ गते महान्यायाधीवक्ताको कार्यालायलाई छलफलका लागि उपस्थित हुन’ भनेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल