काठमाडौँ – नेपालको शहरी जनसंख्या बढेको छ । २०६८ सालको जनगणनामा शहरी जनसंख्या १७ दशमलव शून्य ७ रहेकोमा २०७८ मा ६६ दशमलव शून्य ८ प्रतिशतले बढेको छ ।
परिवारिक हिसाबले दोलखा सबैभन्दा कम संख्यामा परेको छ । दोलखामा परिवार संख्या ३ दशमलव ३६ प्रतिशत मात्र छ । जनघनत्वको दर बढेको छ । २०६८ सालको जनगणनामा १८० रहेकोमा २०७८ मा १ सय ९८ जनघनत्व पुगेकोछ । केन्द्रिय तथ्यांक विभाग काठमाडौ थापाथलीका अनुसार भक्तपुर, ललितपुर, धनुषा, महोत्तरी जिल्लाहरु धेरै जनघनत्व परेका छन् । ३२ जिल्लामा भने जनघनत्व घटेको छ ।
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । विभागले नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा बुधबार सार्वजनिक गरेको छ । यस पटक जनसंख्या वृद्धिदर घटेको छ । २०६८ सालको जनगणनामा १ दशमलव ३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा हाल शून्य दशमलव ९३ प्रतिशत पुगेको छ । १० वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात १० दशमलव १८ प्रतिशतले बढेको विभागले जनाएको छ ।
यसपटक महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ पुगेको छ । पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । बिक्रम संवत १९९८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १ दशमलव २७ प्रतिशत रहेको थियो । २०६८ सालमा गरिएको गणनामा २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । नेपालबाट विदेशमा रहेको जनसंख्या पनि बढेको छ ।
विभागका अनुसार २०७८ सालको जनगणना अनुसार विदेशमा २१ लाख ६९ हजार ४ सय ७८ जना छ । ०६८ सालमा यो जनसंख्या १९ लाख २१ हजार ४ सय ९४ थियो । जनसंख्या वृद्धिदर लम्बिनीमा सबै भन्दा धेरै १३ दशमलव ८९ र कणालीमा ३ दशमलव १६ प्रतिशत छ ।
गत कात्तिक २५ देखि मंसिर ९ गतेसम्म संचालन भएको मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ थालिएको राष्ट्रिय जनणना चारमहिनापछि विभागले सार्वजनिक गरेको हो । जनगणना १९६८ सालबाट सुरु गरिएको हो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !