काठमाडौ– नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।
मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । सबैमा प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको हो ।
अब नयाँ मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर १४२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १२५ रुपैया पुर्याएको छ । त्यसैगरी आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी ११६ पुर्याएको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
मंगलबार नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेशनले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्य सूची पठाएपछि निगमले इन्धनको मूल्य बढाउने गर्छ ।
निगमलाई प्राप्त मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.९२ रुपैयाँ बढेर आएको छ । त्यसैगरी डिजेलको मूल्य प्रतिलिटर ७ रुपैयाँ २४ पैसा, मट्टितेलमा ८ रुपैयाँ ८० पैसा बढेर आएको निगमले जनाएको छ ।
त्यसैगरी हवाई इन्धन प्रतिलिटर ७ रुपैयाँ ४८ पैसा र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८२ रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !