काठमाडौं– जनवादी गणतन्त्र चीनले बेइजिङ विन्टर ओलम्पिक २०२२ ओलम्पिक खेलको उद्घाटन भएको छ ।

बेइजिङ राष्ट्रिय रंगशालामा शुक्रबार साँझ नेपाली समयअनुसार साँझ ६ बजे बेइजिङ विन्टर ओलम्पिकको उद्घाटन भएको हो ।

कोभिड महामारीको समयमा आयोजना भएको यो दोस्रो ओलम्पिक खेल हो । खेल फेब्रुअरी २० सम्म संचालन हुने छ । बेइजिङ आयोजक समितिका उपाध्यक्ष याङ शुआनले सन् २०२२ को खेलमा १ लाख ५० हजार दर्शकलाई आमन्त्रित गरिने जनाएका थिए ।

कोरोना ओमिक्रोन भेरियन्टको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । खेल प्रतियोगिता बुधबार सुरु भएतापनि औपचारिक उद्घाटन शुक्रबार भएको छ ।

खेलमा ९१ राष्ट्रको सहभागिता रहने छ । खेलमा ३ हजार खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

चीनमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको जनाउँदै अमेरिका, बेलायत, भारतलगायतका देशले बहिष्कार गरेका छन् । हिउँ खेलमा १ सय ९ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल