काठमाडौं– कोरोनाका कारण संघीय राजधानी काठमाडौैं उपत्यकाभित्रका यातायातमा लगाइएको जोर–बिजोर सवारी हटाउन सिफारिस गरिएको छ ।

कोरोना संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आइतबार बसेको बैठकले जोर–बिजोर हटाउन सिफारिस गरेको हो । अहिले निजी र ट्याक्सीहरूमा जोर–बिजोर प्रणाली लागू गरेको थियो।


ट्याक्सी लगायत सवारीमा जोर–बिजोर प्रणाली हटाउन सरकारसँग आग्रह गर्दै अँएको राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ । जोर–बिजोर प्रणाली हटेपछि स्थानीयवासिन्दालाई आवतजावत गर्न सहज हुने छ ।


साथै आगामी फागुन पहिलो साताबाट विद्यालय संचालन गर्न दिने निर्णय भएको छ । यही माघ महिनाभर हिउँदे विदामा मिलान गर्ने गरी विद्यार्थीलाई छुट्टी दिइएको थियो ।

यही माघ १५ देखि २० गतेसम्म १२ वर्षदेखि १७ सम्मका विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल