काठमाडौं– संघीय सरकारले आगामी बैशाख ३० गते एकै चरणमा निर्वाचन गर्ने भएको छ ।
सोमबार मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शमा आगामी २०७९ साल बैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।
यसअघि निर्वाचन आयोगले जेठ ४ गते निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिएको थियो । यसअघि २०७२ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । त्यतिबेला बैशाख ३१ गतेबाट सुरु भएको निर्वाचन असोज २ गते सकिएको थियो ।
त्यसरी खण्ड खण्डमा निर्वाचन गर्दा खर्च बढी लाग्ने भएकाले यो पटक एकै चरणमा निर्वाचन गर्न लागिएको छ । निर्वाचन गर्ने मिति तय गर्नु अघि सरकारले प्रतिपक्ष र गठबन्धन दलहरुसँग छलफल गरेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !