काठमाडौं– बैतडीलाई चिनाउने ‘घनघस्याको उकालो,’ ‘बेलायततिर बरालिँदा’ जस्ता सशक्त निबन्ध सङ्ग्रहका लेखक नेपाली भाषाका ज्ञाता तारानाथ शर्माको निधन भएको छ ।
२०५० को दशकसम्मको एसएलसीमा निबन्ध खुबै चर्चित थियो । साहित्यकार शर्माको ८७ वर्षको उमेरमा निधन भएको हो । उनी डिमेन्सिया (बिर्सने रोग), उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । उनको मंगलबार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
साहित्यकार शर्माले निबन्धमा उकालोको वर्णन गर्ने ती निबन्ध आज जीवनको अन्तिम देउरालीमा पुगेर थकाई मारेका छन् । सिर्जनामार्फत मात्र जीवित रहने छन् ।
नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता शर्मा २०२६ सालको मदन पुरस्कार पाएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !