काठमाडौँ— संखुवासभाको मादी नगरपालिका वडा नम्बर ६ मा बस दुर्घटनामा १४ जनाको ज्यान गएको छ ।

उनीहरु सबैको सनाखत भएको प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । जिल्लाको मादीनगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनाका मृतक सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ । ज्यान जानेमा ताप्लेजुङका ३१ वर्षीय समीक्षा योञ्जन र उनका छोरा आठ वर्षीय सुदीप घिसिङ, मादी–६ की ३० वर्षीया सीता विक रहेका छन् । घटनामा मादी–६ का ३८ वर्षीय इन्द्र अधिकारी, ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटुवालकी छोरी पाँच वर्षीया दीक्षा कटुवाल, मादी–५ का ४८ वर्षीय दीपककुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, ४९ वर्षीय भवानीप्रसाद दाहालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


त्यसैगरी मादीनगरपालिका वडा ४ का ३८ वर्षीय आइतबहादुर तामाङ, २८ वर्षीया सविता कार्की, सहचालक उमेश भट्टराई, तेह्रथुमको औंशीडाँडाका सवारी चालक बिपीन निरौला र मादीनगरपालिका वडा ४ का ६० वर्षीय बलबहादुर कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बस सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । तीव्रगतिका कारण दुर्घटना भएको र सडकबाट बस ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

गम्भिर घाइतेलाई हेलिकोप्टरबाट उपचारका लागि धरान
बस दुर्घटनामा परेका ५ जना गम्भिर घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि धरान लगिएको छ । घाइतेहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ । घाइतेहरु डम्बरबहादुर कार्की, करिष्मा तामाङ, तुलसा कटुवाल, सुवास तामाङ र युवा पोख्रेल छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल