काठमाडौँ — संघीय सरकारले प्रदेश १ मोरङको लेटाङ नगरपालिकामा एक प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा बोल्दै दोषीमाथि कारवाही गर्ने बताएका हुन् ।
लेटाङमा आइतबार भएको झडपमा एक महिला प्रहरीको ज्यान गएको थियो । सोमबार बिहान ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको स्थानीय प्रशासनले जनाएको छ ।
खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोसित भीडले आक्रमण गरेपछि महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । भीडले उनको घाँटी र छातीमा छुरा प्रहार भएको बताइएको छ ।
फागुपूर्णिका दिन फागु खेल्ने क्रममा खेरुवास्थित शिक्षा विकास माविका सामाजिक विषयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत एक १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको विषयमा शिक्षक र अभिभावकको आइतबार साँझ बसेको बैठक बसेको थियो । स्थानीयले शिक्षक पौडेललाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि त्यसलाई नियन्त्रण गर्न परिचालित भएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेर निज महिला प्रहरीको उपचारको क्रममा मृत्यु भएको थियो ।
लेटाङमा कफ्र्यु
आइतबारको झडपपछि स्थिति तनावपूर्ण बनेपछि मोरङको लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाइएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !