काठमाडौ– स्थानीय प्रशासनले प्रदेश १ मोरङको लेटाङमा लगाएको कर्फ्यु बिहीबारदेखि हटाएको छ ।
लेटाङ–५ खेरुवा स्थित शिक्षा विकास माध्यामिक विद्यालयका यौन दुर्व्यवहार आरोपमा शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आइतबार झडप भएपछि प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । त्यसपछि भड्किएको हिंसालाई नियन्त्रण लिन जिल्ला प्रशासन कार्यालय मोरङले सोमबारदेखि कर्फ्यु लगाएको थियो ।
दैनिक सुरक्षा गस्ती गरेको र अवस्था सामान्य हु“दै गएकाले कर्फ्यु हटाइएको स्थानीय प्रशासनले जनाएको छ । शिक्षा विकास माविमा चाँडै शैक्षिक गतिविधि सुरु गर्ने भएको छ । आइतबार विद्यालयका डेक्स बेञ्च, कम्प्युटर र प्रशासनिक शाखामा तोडफोड भई झडपमा घाइते सबै सुरक्षाकर्मी र सर्वसाधारण उपचारपछि घर फर्किएका छन् भने झडपमा एक जनाको नोबेल अस्पतालमा उपचार भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
घटनाको छानबिन र अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश १ प्रहरी कार्यालयले बेग्ला बेग्लै समिति गठन गरी अनुसन्धान गरिरहेको छ । नियन्त्रणमा लिएका ३६ जना मध्ये ९ जनासंग अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !